Nepal Flag

बैशाख ११ गते भिषण आगलागी भएको कैलारी गाउँपालिका वडा नं ७ बिपतपुर मुक्तकमैया शिविरमा सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका आउजी ज्यू आगलागी क्षेत्रमा पुगी पुनःदोश्रो पटक राहत बितरण गर्नुभएको छ । यसक्रममा माननीय राज्यमन्त्री रैका ज्यूले आगलागीबाट घरवार बिहिन परिवारका महिला एंव किशोरीलाई लक्षित गरी डिगनिटी किड पूर्ण प्याकेज सामाग्रीहरु बितरण गर्नुभएको हो । डिगनिटी किड प्याकेजमा म्याक्सी,चोलो,धोती सारी,पेटीकोट,टर्चलाईट,दाँत माझ्ने ब्रस मन्जन,भित्री बस्त्र,गम्छा,काँईयो,कपडा धुने साबुन,नङकटहर,नुहाउने साबुन,महिनावारी कपडा,चप्पल,अोड्ने पछ्यौरा,सेनिटाईजर,कपडाको मास्क र झोला गरि १८ वटा प्रकारका सामाग्रीहरु रहेका छन । यसअघि बैशाख १२ गते माननीय राज्यमन्त्री ज्यूले आगलागी क्षेत्रको स्थलगत अवलोकन गरी आगलागी पिडितलाई खाद्यान्न,स्वास्थ सरसफाइका सामाग्री बितरण गर्नुभएको थियो भने १३ गते कानुन मन्त्री डा.रण बहादुर रावल र सामाजिक बिकास राज्यमन्त्री रैका ज्यूको पहलमा आगलागीबाट पूर्णतया क्षेती भएका अति प्रभावित परिवारलाई प्रदेश सरकारबाट १-५ जनाको परिवारलाई नगद रु १५००० र ५ जना भन्दा बढी परिवारलाई रु २०,००० दरले ४९ जनालाई नगद सहयोग गरिएको थियोे । यसै बिच सामाजिक विकास राज्यमन्त्री माननीय श्री टेक बहादुर रैका ज्यूले आगलागी पिडित परिवारलाई प्रदेश आवास योजना मार्फत उचित व्यवस्थापन गर्नका लागि आफूले विशेष पहल गर्ने बताउनुभएको छ ।

सूचना अधिकारी

bh
भुवन जोशी
शाखा अधिकृत (अधिकृतस्तर सातौं) 
९८६५६२९६३१
Email:- suchanaaadhikari2021@gmail.com

 

 

प्रवक्ता

hem
हेमराज खडका
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत
(अधिकृतस्तर आठौं)

सम्पर्क