Nepal Flag

  • प्रदेश स्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड योजना, कार्यान्वयन र नियमन,
  • शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन,
  • प्रदेश स्तरमा पुस्तकालय, संग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
  • प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिम र छात्रवृत्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन तथा पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्य सामग्री निर्माण, उत्पादन र वितरण,
  • प्रदेश स्तरको मानव संशाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,
  • प्रदेश स्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन,
  • माध्यमिक तहको परीक्षा व्यवस्थापन,
  • प्रदेश स्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्यांक व्यवस्थापन,
  • स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  • प्रदेश स्तरमा आवश्यक पर्ने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन,
  • स्वास्थ्य सेवा सम्बन्धि प्रदेश स्तरीय प्राज्ञिक, व्यवसायिक र पेशागत संघ संस्थाको दर्ता संचालन अनुमति र नियमन,
  • प्रदेश स्तरीय स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन,
  • राष्ट्रिय मापदण्ड बमोजिम औषधीजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्रीको उत्पादन तथा संचय, अधिकतम खुद्रा मुल्य निर्धारण, अन्तिम बिसर्जन, गुणस्तर तथा मापदण्ड निर्धारण र त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगको दर्ता, संचालन, अनुमति र नियमन,
  • राष्ट्रिय मापदण्ड अनुरुप अस्पताल, नर्सिङ होम, निदान केन्द्र, उपचार केन्द्र र अन्य स्वास्थ्य संस्था तथा प्रयोगशालाको दर्ता, संचालन, अनुमति र नियमन,
  • खानेपानी, ध्वनी र हावाको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा निर्माण एवं गुणस्तरको मापदण्ड निर्धारण र कार्यान्वयन,
  • राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन तथा नियमन,
  • प्रदेश स्तरीय स्वास्थ्य क्षेत्रको मानव स्रोत विकास र व्यवस्थापन,
  • औषधी निगरानी (Pharmacovigilance), औषधिको उचित प्रयोग र सुक्ष्म जीव निरोधक (Antimicrobial Resistance) न्यूनीकरण,
  • खोप र परिवार नियोजन,
  • संवेदनशील औषधी तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति व्यवस्थापन,
  • प्रदेश स्तरमा स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान तथा सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापन, सूचना प्रवाह,
  • प्रदेश स्तरीय जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) व्यवस्थापन,
  • सुर्ति, मदिरा र लागू पदार्थ जन्य वस्तको मापदण्ड, नियन्त्रण तथा नियमन,
  • स्वास्थ्य क्षेत्रमा आपतकालीन अवस्था, विपद् र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्री को प्रादेशिक बफरस्टक व्यवस्थापन,
  • सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम,
  • राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
  • स्वास्थ्य जन्य फोहोर व्यवस्थापन सम्बन्धी मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन,
  • आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका अन्य प्रचलित परम्परागत स्वास्थ्य उपचार सेवा सम्बन्धि प्रदेश स्तरीय मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियमन,
  •  प्रदेश स्तरको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी प्रदेश नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, आयोजन कार्यान्वयन तथा संचालन, सम्भार र नियमन,
  • खानेपानी तथा सरसफाई सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
  • सर्वसाधारणलाई स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाई तथा स्वच्छतामा पिछडिएका वर्गको पहुँच सुनिश्चितता,
  • जनसंख्या, बसाइसराई र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजन तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र संचालन, क्षमता अभिवृद्धि र राष्ट्रिय संसथाहरुसँग सम्पर्क र समन्वय,
  • महिला हक सम्बन्धि प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  • लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तर्राष्ट्रिय सन्धी, सम्झौता र प्रतिबद्धताको कार्यान्वयन निरोधात्मक र संरक्षणातमक उपाय र पुनस्थापन,
  • महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धि अध्ययन, अनुसन्धान,
  • लैंगिक उत्तरदायी बजेट र लैङ्गिक परिक्षण,
  • बाल बालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना,
  • प्रदेश स्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बाल बालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्यांकन,
  • समाज कल्याण र संघ संस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्यांकन,
  • युवा सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, युवा वैज्ञानिक प्रोत्साहन,
  • खेलकुद सम्बन्धि प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्वद्धन,
  • खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन,
  • राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता,
  • लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धि नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन,
  • सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
  • प्रदेश भित्र रोजगारी प्रवर्द्धन सम्बन्धी नीति, योजना, कार्यक्रम तथा मापदण्ड तर्जुमा तथा कार्यान्वयन र स्थानीय सरकारसँग समन्वय,
  • विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका स्थल सम्बन्धी,
  • भाषा, लिपी संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  • ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं कला र वास्तु कलात्मक दृष्टिकोणले महत्व बोकेका प्रादेशिक स्तरका दरबारहरुको संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान तथा व्यवस्थापन,
  • प्रादेशिक स्तरमा संग्रहालयको स्थापना, संचालन तथा व्यवस्थापन,
  • प्रदेश स्तरका पुरातात्विक महत्वका स्थल, ऐतिहासिक र धार्मिक सांस्कृतिक सम्पदा, प्राचिन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहर सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन एवं संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान, उत्खनन तथा पुनर्निर्माण,
  • धर्म, परम्परा र गुठी अन्तर्गत चलिआएका विभिन्न जात्रा, पर्वहरुको संचालन र व्यवस्थापन,
  • संस्कृतिको विकास सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन,
  • रोजगार प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
  • श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन,
  • श्रमशक्ति, श्रम बजार सम्बन्धि अध्ययन, अनुसन्धान र श्रमशक्ति योजना,
  • औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण,
  • कार्यस्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमन ।

 

सूचना अधिकारी

bh
भुवन जोशी
शाखा अधिकृत (अधिकृतस्तर सातौं) 
९८६५६२९६३१
Email:- suchanaaadhikari2021@gmail.com

 

 

प्रवक्ता

hem
हेमराज खडका
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत
(अधिकृतस्तर आठौं)

९८४८४६५२३६

सम्पर्क